धनगढीको एक पसलमा आगलागी, ५ लाख बराबरको क्षती

प्रशान्त ऐर,धनगढी– धनगढीको एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी उपमहानगरपालिका २ कृष्णनगर मा सादुराम यादवले सँचालन गरेको कबिल किराना पसलमा आगलागी भएको हो ।

आगलागी बुधवार(आज) दिउसो दुई बजे विद्युत सट भएर आगो लागेको सँचालक यादवले बताएका छन । आगलागीबाट चाउचाउ,विस्कुट,मारचिस,लगाएतका ५ लाख बराबरका किराना सामान जलेर नष्ठ भएको बताए ।

दुई घण्टा पछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको बताए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.