भिमदत्त राजमार्गको ढुनढुनेमा मोटरसाईकल दुर्घटना, एक युवक को मृत्यु एक घाईते

धनगढी– मोटरसाईकल दुर्घटना हुदा एक युवकको मृत्यु भएको छ । एक जना घाईते भएका छन भिमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिवार दिउसो मोटरसाईकल दुर्घटना हुदा एक जना युवकको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि डोटीको आदर्श गाउँपालिका–३ घर भएका अन्ताजी २५ वर्षिय चक्र भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । मोटरसाईकल चलाई रहेका सोही ठाँउका ३१ वर्षिय भिम बहादुर घाईते भएका छन ।

दिपायल बाट धनगढी गईरहेको सु प प्र ०१ ००९ प १४५४ मोटरसाईकल दुर्घटना भएको हो । विपरित दिशा बाट आईरहेको सु प प्र ०१ ००१ ज २२२९ नम्बारको जिप नालीमा खसेको छ । तर आपसमा नठोकिएको स्थानियले बताएका छन ।

शव र घाईतेलाई डडेल्धुरा अस्पताल पुगाईएको प्रहरीले जानकारी दिएको छ । घाईते भिमको उपचार भईरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.