डडेल्धुराको अजयमेरु २ को विवाद साम्मे,मत गणना सुरु

प्रशान्त ऐर,धनगढी –डडेल्धुराको अजयमेरु गाँउपालीका वडा नम्बर २ मा मतदान गर्ने बेलामा सृजना भएको विवाद साम्मे भएको छ । सहश्रलिङ्ग मा.वी मतदान केन्द्रमा भारतमा रहेका व्यक्तिको नामबाट अर्कैले मत दिन खोजेपछि विवाद भएको स्थानिय मतदाता हरेन्द्र ऐरले जानकारी दिनु भएको छ ।

विवादको क्रममा माहोल शान्त पार्न प्रहरीले तिन रावण्ड हावाई फाएर पनी गरेको ऐरले बताएका छन् । बिहान बाट गाँउपालिका केन्द्र भद्रपूरमा सर्वदलिय बैठक बसेर मत गणना सुरु भएकोे बताउनु भयो । वडा नम्बर दुई भित्र जम्मा मतदाता संख्या २९ सय दश रहेको मा विवाद हुनु पूर्व सम्म १८ सय चालीस मात्रै मत खसेको बताएका छन् ।

अपरान ४ बजे बाट उत्पन्न विवादले धेरै मतदाता मतदान गर्न छुटेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.