मन्त्रीमण्डल विस्ताारका लागी सुदूरपश्चिमा मुख्यमन्त्री रावल काठमाण्डौं पुगे

धनगढी,५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल काठमाण्डौं पुगेका छन । रावल मन्त्रीमण्डल विस्तार गर्न र विश्वासको मत कायम राख्न सत्तारूढ गठबन्धनका नेतासंग छलफल गर्न काठमाण्डौ पुगेका हुन् ।

पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त रावलले ११ गते विश्वासको मत लिने तयारी गरेका हुन । सभामा विश्वासको मत कायम गराउन सत्तारूढ दलका शिर्ष नेताबिच भेटघाट गर्ने उनको कार्यतालिका रहेको छ ।

मुख्यमन्त्री रावलले प्रदेशमा मन्त्रीमण्डल विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उन्मुक्तिका पाटीका नेता रेशम चौधरीलाई समेत भेटघाट गर्ने जनाईएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.