डोटीको दुई केन्द्रमा मतदान स्थगित
धनगढी – डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।
मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसाले पछि उमेदवार बीच विवाद भएको थियो । राधाकृष्ण माविमा रहेको मतदान केन्द्र को मतदान प्रक्रिया एक घण्टा स्थगित भएर पुनः सुरु भएको छ भने लाटामाण्डौंमा सुचारुहुने प्रक्रियामा रहेको मतादाता सानु बलायर ले बताएका छन् ।
जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत प्रकाश बहादुर आलेले बताएका छन् । उम्मेदवार र दलहरुलाई सहमतिका लागि अनुरोध गरिएको उन्ले बताउनुभयो ।