सबैको घरघरमा खानेपानी पुर्याउछौ: वड

धनगढी,२४ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृप वडले सबै धनगढी वासीका घरघरमा खानेपानी र्पुयाउने बताएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा चुनावी आमसभालाई सम्बोधन गर्दै वडले सबैभन्दा ठुलो योजना खानेपानी रहेकोले आगामी दिनमा सबैको घरघरमा शुद्ध खानेपानी पुगाउने बताएका हुन् ।
‘खानेपानी सबैभन्दा ठुलो योजना हो । धनगढी उपमहानगरपालिकाको सपना, हामी सबै काँग्रेस जनहरूको सपना पनि हो,’ उनले भने, त्यसैले अब हामी सम्पूर्ण धनगढीवासीको घरघरमा शुद्ध खानेपानी पुर्याउछौ ।’

विगत २० वर्षदेखि निरन्तर जनताको माझमा रहेको स्मरण गर्दै वडले राष्ट्रियता,संविधान बचाउन र देशको विकास र समृद्धिको लागि र हरेक नागरिकका माग पुरा गर्नका लागि गठबन्धनबाट चुनावमा गइरहेको गइरहेकाले आफ्नो सम्पूर्ण टीमलाई इमान्दारिका साथ भोट हाल्न उनले आग्रह गरे ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा नगरपालिकाले थुप्रै विकास गरिसकेकोले आगामी दिनमा पनि वडालाई थप व्यवस्थित गरिँदै लैजाने वडले बताए । पाँच वर्षको कार्यकालमा थुर्पै प्राकृतिक घटनाहरूले जनताले चाहिएजती काम गर्न नसकेतापनि पनि आफूले जनताको समस्या समाधानका लागि सक्दो प्रयास गरेको बताए । पाँच वर्षको कार्यकाल भएपनि काम गर्ने वातावरण दुई वर्ष मात्रै रहेकाले सो अवधिमा पनि वडा नम्बर १२ मा तटबन्धन, स्वास्थ्य कार्यालय स्थापना ,वडा कार्यालय स्थापना लगायतका थुप्रै विकासका कामहरू गरेको बताए ।

‘हाम्रो कार्यकाल पाँच वर्षको भएपनि सो अवधिमा थुप्रै समस्याहरु झेल्नुर्पयो कहिले हावाहुरी कहिले कोभिड त कहिले डुवान,’ वडले भने, ‘त्यही पनि हामीलाई काम गर्ने वातावरण दुई बर्षमात्रै रह्यो । त्यो दुई वर्षको अवधिमा पनि हामीले धनगढीको धेरै विकास गर्न सफल भएका छौँ ।’ यस्तै वडले यस अघिको ओली सरकारले केही गर्न नसकेको समेत आरोप लगाए । उनले केपी ओली सरकारले विभिन्न काण्डै काण्ड ल्याएको समेत बताए । ‘यस अघिको ओली सरकारले केही गर्न सकेन, कहिले सुन काण्ड, कहिले बलात्कार काण्ड, कहिले चोरी काण्ड र संसद् विघटन गर्नै बाहेक केही गर्न सकेन्’ उनले भने । उनले ओली सरकारले देश चलाउन नसकेर संसदबाट भागेपछि पाँच दलीय गठबन्धन बनाएर सरकारमा आउन बाध्य भएको समेत बताए ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीमा पनि पाँच दलीय गठबन्धन गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.