अपवित्र गठबन्धन गर्नु भन्दा प्रचण्डलाई देउवाले कांग्रेसमा प्रवेश गराउनु पर्छ:नेकपा एमाले सचिव भट्ट

विष्णु भट्ट :  धागढी । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रचण्डलाई देउवाले कांग्रेसमा प्रवेश गराउनु पर्ने बताएका छन ।शनिबार कैलालीको गोदावरी नगरपालिका – ७ मा चुनावी भेलालाई सम्बोधन गर्दै भट्टले अपवित्र गठबन्धन गर्नु भन्दा प्रचण्डलाई कांग्रेसमा प्रवेश गराउनु पर्ने बताएका हुन ।

‘एमाले संग एक्लै चुनाव लड्न सकिदैन भनेर कांग्रेसले पनि स्विकार गरिसकेको छ । त्यसैले अहिले अपवित्र गठबन्धन गरिएको छ’ उनले भने ‘अब प्रचण्डलाई काग्रेसमा प्रवेश गराउनु प–यो नी सेरबहादुर देउवाले । किन हँसिया हतौडा जोड्ने रुख संग हसिया हतौडा होइनकी अब वहाँले रुखैमा भोट हाल्नु प–यो ।

सिद्धान्तको हिसाबले कम्युनिष्ट र कांग्रेस यसरी एक ठाउँमा हुन नसक्ने बताए । उनले अहिले नेकपा एमालले बोकेको समृद्ध नेपाल सुखि नेपालीको नारामा सबै समेटिने बताए । उनले आफू सरकारमा हुँदा सुदूरपश्चिममा विभिन्न औद्योगिक क्षेत्रको सुभारम्भ गरिएको बताए ।अहिले हामीले जसरी भएपनि स्थानीय सत्ता जित्नुपर्छ’ उनले भने ‘एमाले अहिले यो देशको सबैभन्दा ठूलो पार्टी हो । एमालेले नै यो देशलाई समृद्ध बनाउन सक्छ ।

फरक प्रसगंमा उनले भारतको एस एसपीले नेपाली नागरीकलाई तुहिन काटेर माहकाली नदिमा फाल्दा पनि बर्तमान गठबन्भनबको सरकारले चूइक्क बोल्न समेत नसकेका आरोप लगाए । सूर्य भनेको जीवन भएकोले सूर्य चिन्हमा मतदान गरी गोदावरी नगरपालीकामा बहुमतले नेकपा एमालेका उमेद्धारहरुलाई जिताउन उनले अपील गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.