भारत सँगको खुल्ला सिमाना भएको पुनर्वासमा नेतृत्वो गर्न ठुलो चुनौति,माथिल्लो सरकारी निकायले वास्ता गरदैन : वाहालवाला मेयर थापा

 

प्रशान्त ऐर २३ वैशाख, आसन्न स्थानिय तहको निर्वाचनको चहलपहल हरेक स्थानमा रन्केको छ । बिभिन्न दलहरु बाट, गठबन्धनबाट स्वोतन्त्र बाट मेयर, उप–मेयर पदको लागी गाँउघर मा घरदैलो कार्यक्रमा उमेदवार हरु व्यस्थ छन् ।जति सजिलो उमेदवार हुँ भन्नलाई हुन्छ, उत्तीकै गारो नेतृत्वो गर्न हुन्छ भन्नुहुन्छ जनप्रतिनिधिहरु, कञ्चनपूरको पुनर्वास नगरपालिका एक यस्तो नगरपालिका हो जुन जिल्ला सदरमुकाम भन्दा टाढा र छिमेकी देश भारत सँगको खुल्ला सिमाना भएको नगरपालिका हो, यो नगरपालिका मा सिमा सम्बन्धी का विषमा पटक पटक बिबाद भैरहेका समाचार आईरहन्छननै तर माथिल्लो सरकारी निकाएले बिशेष रुपमा चासो नदेखाएको निवर्तमान मेयर जिवन थापाको गुनासो गर्नुभएको छ ।

‘उहाँ भन्नु हुन्छ’ खुल्ला सिमाना मा तार बार लगाउन खोजेपनि भारतिए एसएसबी ले उखेलेर पाल्दिन्छ, तर पटक पटक माथिल्लो सरकारी निकाय लाई घचघच्याउदा पनि जिम्मेवार पूर्वक हेरेको छैन। चुनाव मा बिभिन्न एजेन्डा प्रस्तुत गरेपनि खुल्ला सिमाना भएको कारण यहाँका स्थानिय दैनिक उपभोग्ये वस्तु खरिद गर्न भारत नै जाने गरेको मेयर थापा बताउनु हुन्छ । सिमामा उचित व्यवस्था नहुँदा धेरै किसमिका चुनैति भोग्नु परेको र नेतृत्वो पदमा पुगेपछि नेतृत्वो गर्न धेरै गारो भएको बताउनु हुन्छ ।

थापा ‘७४ को निर्वाचनमा पनि नेकपा एमाले बाट पुनर्वास नगरपालिकाको मेयर मा बिजई हुनु भएको थियो । अहिले नेकपा एकिकृत समाजवादिमा मा जानुभएका थापा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादि को गठबन्धनको साझा उम्मेदवार को रुपमा नगरको मेयर पदमा उम्मेदवार हुनुहुन्छ । ७४ को निर्वाचनमा बिभिन्न किसमिका एजेन्डाहरु प्रस्तुत गरेपनि ७५ प्रतिसत काम सम्मपन्न भएको बताउनु हुन्छ । अबको मुख्य एजेन्डामा बांकि रहेका कामलाई निरन्तर्ता दिने बताउनु हुन्छ ,शुखी पुनर्वासम र हरियाली पुनर्वास निर्माण गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु हुन्छ ।

आफ्नो लामो समयको राजनितिक यात्रामा जनताले बिस्वास गरेकोले आफ्नो जित निश्चित भएको थापाले दावि गर्नु भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.