गौरीगंगामा हाइस दुर्घटना अपडेटः घाइतेहरुको पहिचान खुल्यो

धनगढी, १६ पुष ।शनिवार विहान भएको हाइस दुर्घटनाका घाइतेहरुको परिचय खुलेको छ । हाइस आफै अनियन्त्रि भइ सडकको नालिमा पल्टिदा चालक सहित हाइसमा सवार ७ जना घाईतेको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा कैलालीको लम्कि चुहा नगरपालिका–१ का ७३ वर्षीय कर्मा प्याकुरेल, चालक कञ्चनपुरको देवकोट नगरपालिका–१० का २९ वर्षीय मुकेश राना, भीमदत्त नगरपालिका–३ का ३१ वर्षीय रुद्दबहादुर गुरुङ्ग, तथा कैलालीको जानकी गाउँपालिका–४ का ३७ वर्षीय रामबेलासे रावत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साथै रावतकी ३५ वर्षीया श्रीमती अन्जली रावतको टाउको र बाया खुट्टामा चोट लागेको प्रहरीले बताएको छ । ७३ वर्षीय कर्मा प्याकुरेलको भने उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–६ वनवेहडामा हाइस दुर्घटना भएको हो । कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको थियो । दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल, पद्मा अस्पताल अत्तरिया र मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.