सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिन्छु, अन्य सुविधासमेत दिन्छु भनेर आश्वासन दिएको र उक्त आश्वासन चुनावमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका अधिकारीहरुले बताएका छन् ।

यस्तै, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ

सम्बन्धित
Leave A Reply

Your email address will not be published.