भ्रष्टाचार नगर्ने आफ्नो पहिलो चुनावी प्रतिवद्धता हो: मेयर पदका उम्मेद्धार वड
विष्णु भट्ट,धनगढी: नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेद्धार नृप बहादुर वडले आफू निस्वार्थ,आटिलो,इमान्दार,सहयोगी,आफ्ना काममा कठिबद्ध हुने उमेद्धार,हरेक क्षेत्रमा अनुभव भएको,विपक्षी दलको सरकार भएको बेलामा कोरोनाको बेलामा गरेको सहयोग,धनगढीमा गरेका सबै खाले कामहरुलाई निरन्तरता दिन मेयर पदमा दोहोरिन लागेको जानकारी दिए ।
आफ्ना चुनावी प्रतिवद्धतामा भ्रष्टाचार नगर्ने,धनगढीको शिक्षा स्वास्थ्य पूर्वाधार विकास, पर्यटनको विकास,गौरीफन्टा नाकाको स्तरोन्नती गर्ने,गेटा विमान स्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने,धनगढी उप महानगरपालीकालाई महानगरपालिकामा परिणत गर्ने,कृषिमा क्रान्ती गर्ने,उद्योगको स्थापना गर्ने,स्वरोजगारका सभांवनाहरुको खोजी गर्ने लगायतका विभिन्न नीति तथा योजनाहरु रहेको उनले बताए ।
रेडियो एक्टिभ एफ.एम सगं कुराकानी गर्दै उनले अहिलेको गठबन्धन कुनै स्वार्थ र पदको लागि नभएको बताउदै उनले विचारले मात्रै देश नबन्ने भएकोले अहिलेको सविंधानलाई बचाउन,निरकुंशताको अन्त्य गर्न,देशमा असल शासनको विकास गर्न,राष्ट्रियताको लागि र सविंधानलाई व्यवस्थित बनाउन गठबन्धन भएको दावि गरे ।
सत्तारुढ गठबन्धनका तर्फबाट धनगढीको मेयरमा साझा उम्मेदवारी दिएका वड बहालवाला मेयर हुन् । पाँच वर्षे कार्यकाल सकेर फेरि मेयर बन्ने दौडमा रहेका वड आफ्ना अधुरा काम पूरा गरी स्मार्ट धनगढी बनाउन पुनः उम्मेदवारी दिएको बताउँछन् । आफूले पाँच वर्षसम्म गरेका कामलाई जनतासामु लैजाने भन्दै वडले आफ्नै कार्यकालमा थालनी भएका अधुरा काम पूरा गर्ने वाचा जनतासामु गर्ने बताए ।
‘अघिल्लो कार्यकालमा स्मार्ट धनगढी बनाउने खालका केही कामको थालनी भएको छ,’ वडले भने, ‘ती काम पूरा गर्न मैले पुनः उम्मेदवारी दिएको छु, जनताले मलाई त्यसरी नै बुझेर भोट दिने छन्