बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार
धनगढी : बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ५ बाट गठबन्धन तर्फका वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राती खुकुरी प्रहार भएको हो ।
साउँदलाई अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको जनाईएको छ । घटनाबारे जानकारी आएको र थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।