सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बोहराविरुद्ध उजुरी

धनगढी, १९ वैशाख । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहरा विरुद्ध निर्वाचना आयोगमा उजुरी परेको छ। मन्त्री बोहराले आचारसंहिताको उल्लंघन गरेको गर्दै नेपाली काँग्रेस डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो।

स्थानीय तह निर्वाचन २०७९ प्रायोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने प्रावधान अन्र्तगत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नुपर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ।

सोही बुँदाको अवज्ञा गरेको भन्दै सर्वसाधारणले दिएको तस्बिर र भिडिओसहितको प्रमाणका आधारमा मन्त्रीविरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.