कैलालीको अत्तरियामा गोली चल्यो

धनगढीः कैलालीको अत्तरियामा गोली चलेको छ। अत्तरियाको पुर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ। अत्तरियाको पुर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोलीबाट सुन व्यवसायी विकास सुना घाइते भएका छन्। उनीमाथि अत्तरियाबाट पुर्वी दिसा तर्फ गइरहेको मोटरसाइकलमा सवार २ जनाले गोली चलाएको स्थानीयले बताएका छन ।
सुनारको हातमा गोली लागेको र, उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको उनका बुवा एलबी सुनारले जानकारी दिएका छन ।गोली कस्ले कहाँ बाट किन चलायो भन्ने अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गोली चलाउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले बताएका छन । उनले घाइतेको अवस्था सामान्य रहेको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.