सुदूरपश्चिममा बहुविवाह गर्नेर्को सङ्कख्या बढ्यो

धनगढी, २७ मंसिर । सुदूरपश्चिममा बहु विवाह गर्नेको सङ्कख्या बढेको छ । प्रदेशभित्र चालु आर्थिक वर्ष सुरु भएसँगै बहु विवाह गर्नेको संख्या बढेको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्ष सुरु भएको ५ महिनामा मात्र ७९ बहु विवाहका घटना बाहिर आएका छन् । बहु विवाहसँगै बालविवाह गर्नेको सङ्कख्या पनि बढेको छ । बाल विवाहका ५ घटना बाहिर आएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशको अभिलेख छ ।

प्रदेशभित्र वाल विवाह मात्र नभएर बाल यौन दुराचारका घटनामा पनि वृद्धि हुँदै गएको राष्ट्रिय मावन अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरीप्रसाद ज्ञवालीले बताए ।

चालु आर्थिक वर्षको ५ महिनामा मात्र बाल यौन दुराचारका १२ मुद्दा दर्ता भएको उनले बताए । ‘बहु विवाह, बाल विवाह र बाल यौन दुराचारका घटना प्रदेशभित्र बढ्दै गएको देखिन्छ ।’ उनले भने ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.