नेपाली काँग्रेस गठबन्धनको भावना अनुुुसार चलेनः नेता कुँवर
नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य शेरबहादुर कुँवरले नेपाली काँग्रेस गठबन्धनको भावना अनुुुसार नचलेको आरोप लगाए । नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका कुँवरले स्थानीय तहमा पनि काँग्रेसले सहमती गर्ने तर सहमतीको पालना नगर्ने प्रवृत्ती देखाएको जानकारी दिए । राजनितीमा एक भोटको पनि महत्व रहने बताउदै उनले राजनितीमा विस्वास हुनु पर्ने स्पष्ट पारे । काँग्रेसको आन्तरीक गुटको करणले गठबन्धन राम्ररी अगाडी बढ्न नसकिरहेको उनले स्विकर गरे । राजनिती एक दिनको लागि हैन,निर्वाचनको लागि मात्रै हैन, यो निर्वाचनले भोलीको निर्वाचनलाई कक्तिको असर पर्छ नेपाली काँग्रेसले बुझ्नु पर्छ उनले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रतिगमन तर्फ मच्चाउने काम गरेको,ध्वस्त पार्न खाजेकोे,कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने काम गर्न खोजेको उहाको विभिन्न क्रियाकलापले पुष्टि भएको कुँवरले बताए । नेकपा एमालेमा भएका कयौ ईमानदार नेता तथा कार्यक्रताहरु नतमस्तक भएर पार्टिमा बसिरहेका छन् उनले भने । राजनितिक पार्टि भित्र विद्रोह हुने र त्यो विद्रोह थेग्न सक्ने क्षमता हुनु पर्ने कुरामा उनले विषेस जोड दिए ।
नेपालका कम्युनिष्टहरु पटक पटक फूटेका र फेरी एकताबद्ध भएको ईतिहास भएकोले कम्युनिष्ट पार्टि भित्र भएका कु पात्रहरुको अन्त्य भएमा फेरी पनि नेपालका कम्युनिष्टहरु एक हुन सक्ने सम्भांवना रहेको उनले बताए ।
कांग्रेस चेन अफ कमाण्डमा नचल्दा समाजवादी र माओवादी पार्टीले आ–आफ्नै हिसाबले उम्मेदारी दर्ता गरेको उनले बताए । गठबन्धन भनेको लिने र दिने भए पनि कांग्रेसले त्यसलाई स्वीकार गर्न नसक्र्दा अछाममा त्यसको असर परेको उनको भनाई छ । उनले आफू पार्टीको नीति र विचारमा अघि बढ्ने बताए । अछाममा सत्तारुढ दलबीच पालिकाको सिट भागबण्डा नमिलेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी आ–आफ्नै हिसाबले चुनाव अभियानमा छन् ।