केपी ओलीको अधिनायकवाद परास्त गर्न गठबन्धन बन्यो: एनपी साउद

नेपाली काँग्रेसका युवा नेता तथा काँग्रेस केन्द्रिय सदस्य नारायण प्रसाद (एनपी) साउदले केपी ओलीको अधिनायकवाद सरकार लाई परास्त गर्न सत्ता गठबन्धनका दलहरुले आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय चुनावमा गठबन्धन गरेको जानकारी दिए । उनले केन्द्रमा महानगर,उप महानरपालिका र विभिन्न जिल्लामा गठबन्धन भएको तर गठबन्धन भित्रका दलहरुले जित्न सक्ने ठाउमा भने मित्रवत प्रतिस्पर्धा हुने बताए ।

देशभरी पैतीस सय जना उमेद्धार मिलाउनु पर्ने भएकोले सबै ठाउमा सतप्रतिशत सहमती निकाल्न कठिन भएको

बताउदै उनले पार्टिले सस्थांगत रुपमा गरेको निर्णय सम्पूर्ण नेता तथा कार्यक्रताले मान्नु पर्ने बताए । कसैले पार्टिको सस्थांगत निर्णय विपरित काम गरे पार्टिको विधान अनुसार कारबाही हुने चेतावनी दिए ।

यूक्रेन यूद्धको कारणले नेपालमा पेट्रोल लगाएत सामानको मूल्यमा वृद्धि भएको बताउदै उहाले विस्तारै यूक्रेन यूद्धको अन्त्य भएपछि महगीं घट्दै जाने बताए । सरकारले मूल्य वृद्धि र गरीवी नियन्त्रण ध्यान दिनु पर्ने कुरामा उनको जोड छ ।

सभापति शेरबहादुर देउवा निकट मानिएका उनी १४ औँ महाधिवेशनमा खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमध्ये दोस्रो लोकप्रिय मत ल्याएर विजयी बने । विद्यार्थी राजनीतिबाट उदाएका साउदले नेविसङ्घबाट राजनीति सुरु गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.