राज्य बाट हेपिएका नागरिकको हक हित प्रत्याभूती गराउन गोदावरी नगरपालिकाको मेयर पदमा मेरो उमेद्धारी ः गोदावरी नगर कमीटि अध्यक्ष गोकर्ण भट्ट

नेकपा एमाले गोदावरी नगर कमीटि अध्यक्ष गोकर्ण भट्टले राज्य बाट हेपिएका नागरिकको हक हित, शिक्षा,स्वस्थ्य,खानेपानी,रोजगारी लगाएतका आधारभूत आवश्यकता प्रत्याभूती गराउन गोदावरी नगरपालिकामा आफ्नो मेयर पदमा उमेद्धारी रहेको बताए । नगर निवासी अहिले पनि आधारभूत आवश्यकताको अधिकार बाट बचिंत भएका छन् उनले भने । यो भन्दा पहिलो पनि नेकपाको सरकार भएको र उसले गर्न बाकि रहेको कामको निरन्तरता दिन पनि फेरी नगरमा एमालेको सरकारले निरन्तरता पाउनु पर्ने उनको दावि छ । अघिल्लो सरकारले पालिकामा नगर शिक्षकको नियूक्ति,स्वास्थ्य केन्द्र थप गर्ने,बाटोघाटो निर्माण गर्ने लगाएतका महत्वपूर्ण काम सम्पन्न गरेकोे बताए ।

आफू नगरमा नेकपा एमालेको तर्फ बाट निर्वाचित भएमा सबै पार्टिलाई मिलाएर लैजाने र सुदुर पश्चिमको प्रवेस द्धारामा रहेको अत्तरीया नगरपालिकालाई आकर्षणको केन्द्र विन्दु बनाउन सबै दल सगं छलफल गरी योजना बनाउने उनले प्रतिबद्धता जाहेर गरे ।

जनताको बिचमा जादा नेकपा एमालेले सच्चिएर जानु पर्ने सुझाब पाएको र जनताले यसपालि फेरी नेकपा एमालेलाई जिताउने बचन दिएकोले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको चुनावमा आफू विजयी हुने पक्का भएको उनले दावि गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.