अजोड इन्स्योरेन्सले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरेको पन्ध्र सय लिदै

विष्णु भट्ट,धनगढी १९ मंसिर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको अजोड इन्स्योरेन्स लिमिटेडले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भर्दा आफूखुसी पैशा लिने गरेको तथ्य बाहिर आएको छ ।

सामान्य तया सवारी चालक अनुमति पत्रको अनलाइन फारम भर्ने सघं सस्थांले ५०० रुपैया लिने गरेका छन् तर अजोड इन्स्योरेन्सले भने १५ सय देखि २ हजार सम्म लिने गरेको सेवा ग्राहीले बताएका छन् । एक जना सेवा ग्राही धर्मा नन्द भट्टले भने मैले १५ सय रुपैया तिरे यो त धेरै भयो,हामीलाइ लाईसेन्स बनाउनु छ के गर्ने जती भने पनि दिनु नै पर्ने भयो ।

अर्का अनलाईन फारम भर्न आएकी कमला बोहराले पनि त्यस्तै गुनासो गरिन् । साथै उक्त बिमा कम्पनीमा कार्यरत एक जना कर्मचारी टेक बहादुर कुवरले डाक्टर चन्दन विष्टलाई प्रलोभन देखाएर उनको घरमै गएर हस्ताक्षर गरी डाक्टर विष्टको अनुपस्थितीमा विना चेकजाँच निरोगिता प्रमाण पत्र सरकारले तोकेको रकम भन्दा बढि लिएर दिने गरेको स्रोतको दावि छ ।

अजोड इन्स्योरेन्स लिमिटेडले सेवा ग्राही बाट मनोमानी पैशा असुलि रहदा सम्बन्धित निकाय मौन रहेकोले यसमा उनीहरुको पनि सहभागिता हुन सक्ने बताईएको छ ।

यस विषयमा सम्बन्धित निकायलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.