डडेल्धुरामा स्वतन्त्र बाट दाजुले मेयर र भाइले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता

आसन्न स्थानिय तहको निर्वाचनमा डडेल्धुराको अमरगढी नगरपालिकाको मेयरमा अमरगढी १ का ललित तमोलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । यसअघि आईतवार सोहि वडाबाट अध्यक्षका लागी सुरत तमोलीले मनोनयन दर्ता गराएका थिए ।

अमरगढी नगरपालिकामा स्वतन्त्र युवाहरुको छुट्टै टिम छ । आसन्न निर्वाचन भन्दा करिव २ महिना अगाडि देखि नै सोहि टिमको बृहत छलफल भएपछि हिजो र आज तमोलीद्धयले मनोनयन दर्ता गराएका हुन ।

मेयरमा मनोनयन दर्ता गर्दै तमोलीले ५ वर्षसम्म स्थानिय सरकारले गरेको कामप्रति आफुहरु सन्तुष्ट नभएको र सोहि कारण अब युवाहरुले जनताको नेतृत्व गर्न जरुरी रहेको भन्दै मनोनयन दर्ता गरेको बताए ।

जनताले स्वतन्त्र उम्मेदवारलाई बिश्वास गरेर निर्वाचित गरे जनताको मुहारमा खुसि ल्याउन तत्पर रहने समेत उनले बताए । यस्तै अमरगढि १ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका सुरत तमोलीले हिजोका दिनमा आफ्नो टिम दुखि, पिडित तथा असहायलाई राहत दिन गाउँघर पुग्दै गर्दा आम नागरिकले दिएको आर्शिवादले आफुहरुको जित सुनिश्चित रहेको दाबी गरे ।

अमरगढी १ का तमोलीद्धय दाजुभाई नाता पर्छन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.