धनगढीमा जसपाले टुंगो लगायो मेयर र उपमेयरको उम्मेदवार

धनगढी –कैलालीमा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी जसपा ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुंगो लगाएको छ ।

गठबन्धनबाट बाहिरिएर मधेश केन्द्रित दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो । जसपाले धनगढीको मेयरमा कबिन्द्र ऐर र उपमेयरमा नन्दकली रानाथारुलाई उम्मेदवार बनाउने बताएको छ ।

आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ऐर र रानाथारुलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराइएको भन्दै सत्तारुढ गठबन्धनबाट बाहिरिएको घोषणा गरिसकेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग जसपाले तालमेल गर्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.