देउवाकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ : मन्त्री चौधरी
धनगढी,१५ मंसिर । सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमा उनले सरकार निर्माण गर्ने बिषयमा दलहरूबीच छलफल सुरु भइसकेको भन्दै पाँच दलीय गठबन्धनको सरकारको मन्त्रीहरू पनि सल्लाहमै टुंगो लगाउनुपर्ने बताए ।
मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरूको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।यद्यपि, उनले अहिलको निर्वाचनमा आफ्नो पार्टीको सन्तोषजनक परिणाम नआएको जिकिर गरे ।
यस्तै, मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने दाबी गरे ।थापाथलीको सवालमा सुकुम्बासी बस्ती भनिएको ठाउँमा ठूला भवन बनाइएका र स्टल बनाएर भाडा असुल्ने काम भएको उनले बताए ।
मन्त्री चौधरीले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरूको घर नबन्दासम्म उनीहरूको लागि उचित बसोबासको व्यवस्थापन गर्ने जानकारी दिए ।