आफ्नो कार्यकालमा कांग्रेस र लोकतंन्त्रको सिर झुकाँउदैनउः सामाजिक विकास मन्त्री बोहरा
धनगढी २६ चैत्र,प्रशान्त ऐर ,नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका सामाजिक विकास मन्त्री गोवीन्द बोहरा ले आफ्नो कार्यकालमा कांग्रेस र लोकतंन्त्रको सिर नझुकाउने बताएका छन् । आज प्रेस युनियन कैलालीले आयोजना गरेको नव नियुक्त मन्त्रीहरुलाई सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
केन्द्रको सत्ता गठबन्धनलाई नै असर पर्ने स्थिति पैदा भएपछि माओवादी केन्द्रले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा काँग्रेसलाई पनि सहभागी गराइएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन्।
आज आयोजित नव नियुक्त मन्त्रीहरुलाई सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा सहभागी भएका सबैले मन्तव्ये राख्दै मन्त्रीहरुलाइ अभिव्यक्ति सहित शुभकामना दिएका थिए । उक्त कार्यक्रमको अतिथि मा नव नियुक्त तिनै जना मन्त्री र प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले अध्यक्षता ग्रहण गरेका थिए ।