धनगढी विमानस्थलको लागी दश अरव बजेट बिनियोजन गर्छौं : मन्त्री आले
धनगढी २५,चैत प्रशान्त ऐर ,सुदुरपश्चिमको पर्यटन बिकासमा टेवा पुग्ने उद्देश्येले धनगढी विमानस्थलको लागी दश अरव बजेट बिनियोजन गर्ने तयारी भैरहेको नागरिक उड्डेन तथा पर्यटन मन्त्री प्रेम आलेले बताएका छन् । धनगढीमा आज बाट सुरुभएको अन्तरास्ट्रिय स्तरको फारवेष्टन टाभल मार्ट–२०२२ को उद्घाटन समारहोमा बोल्दै यो कुरा बताएका हुन् ।
मार्ट आजबाट २७ गते सम्म सँचालन हुने छ । तिनदिने यो कार्यक्रममा सुदूरपश्चिम प्रदेशको पर्यटकीय उपजहरुको ब्यवसायीकरण गरी आयआर्जन सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । साथै अथितिहरुलाई सुदूपश्चिमका पर्यटकिय क्षेत्रहरुको भ्रमण तथा अवलोकन गराईने छ । मार्ट आयाजनाको सम्झौता पत्रअनुरुप धनगढी उपमहानगरपालिका का नगर प्रमुख श्री नृप बहादुर वड ज्यूको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति गठन गरिएको छ ।सो समितिको निर्देशन अनुसार कार्यक्रम आयोजनाका लागि श्री माया प्रकाश भट्ट ज्यूको संयोजकत्वमा पन्द्र सदस्यीय एक मुल कार्यकारी समिति गठन गरिएको छ ।साथै मार्टलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन विभिन्न समितिहरु गठन गरिएको छ ।
‘धामिक ,प्राकृतिक,ऐतिहासिक साँस्कृतिक लगायत सबै खाले पर्यटनको प्रचुर सम्भवना हँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशको अपेक्षित विकास नहुनमा बजारीकरणको समस्या रहेको महशुस गर्दै विशेष गरि राष्ट्रिय तथा अन्तराष्र्ट्रिय बजारमा परिचित पर्यटन व्यवसायमा आबद्ध व्यवसायीहरु माझ प्रचार प्रसार गरी बढी भन्दा बढी पर्यटक भित्र्याउने मुख्य उद्देश्येका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनात्मक सहयोग ,धनगढी उपमहानगरपालिका र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् सुदूरपश्चिम प्रदेश संघको आयोजनामा प्रथम पटक अन्तराष्ट्रिय स्तरको फारवेष्टन टाभल मार्ट–२०२२ आयोजना भएको हो ।
शुक्रवार(आज)बिहान एघार बजे नागरिक उड्डेन तथा पर्यटन मन्त्री प्रेम आलेले सोे मार्टको उद्दघान गर्नुभएको हो ।