बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी
काठमाण्डौ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता गोविन्द्रप्रसाद शर्मा (कोइराला) कानुन मन्त्रीमा नियुक्त भएपछि बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो । का लागि सिफारिस गर्नुभएको हो ।
नेकपा एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट रहनुभएका शर्माले अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।