सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा मद्धत पुग्ने उद्देश्यले धनगढीमा फारवेष्टन टाभल मार्ट आयोजना हुने

धनगढी २३ चैत्र ,प्रशान्त ऐर– सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा मद्धत पुग्ने उद्देश्यले यही चैत्र २५ देखि २७ गते सम्म धनगढीमा प्रथम पटक अन्तराष्ट्रिय स्तरको फारवेष्टन टाभल मार्ट–२०२२ आयोजना हुने भएको हो ।आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त आयोजना हुने कार्यक्रम बारे जानकारी दिईएको छ ।

मार्टमा पर्यटन प्रबद्र्धनका लागि ३० वटा स्टल रहने र सातै प्रदेशका लागि एक,एक वटा र यस सुदूरपश्चिम प्रदेशका प्रतेक जिल्लाका लागि एकएक वटा गरी १६ वटा स्टल निःशुल्क रहने र बाँकी १४ वटा स्टल आफ्नो ब्यवसाय प्रबद्र्धन गर्न चाहान स्वदेशी तथा विदेशी ब्यवसायीहरुलाई बुकिग्ङका लागि खुला गरिने जनाएको छ ।उक्त मार्टको उद्घाटन औपचारिक कार्यक्रम सुरुभए सँगै सुदूरपश्चिम प्रदेशको पर्यटकीय उपजहरुको ब्यवसायीकरण गरी आयआर्जन सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । साथै अथितिहरुलाई सुदूपश्चिमका पर्यटकिय क्षेत्रहरुको भ्रमण तथा अवलोकन गराईने छ ।

मार्ट आयाजनाकोे सम्झौता पत्रअनुरुप धनगढी उपमहानगरपालिका का नगर प्रमुख श्री नृप बहादुर वड ज्यूको संयोजकत्वमा सात सदस्यीय निर्देशक समिति गठन गरिएको छ ।सो समितिको निर्देशन अनुसार कार्यक्रम आयोजनाका लागि श्री माया प्रकाश भट्ट ज्यूको संयोजकत्वमा पन्द्र सदस्यीय एक मुल कार्यकारी समिति गठन गरिएको छ ।साथै मार्टलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन विभिन्न समितिहरु गठन गरिएको छ ।

‘धामिक ,प्राकृतिक,ऐतिहासिक साँस्कृतिक लगायत सबै खाले पर्यटनको प्रचुर सम्भवना हँदाहुँदै पनि सुदूरपश्चिम प्रदेशको अपेक्षित विकास नहुनमा बजारीकरणको समस्या रहेको महशुस गर्दै विशेष गरि राष्ट्रिय तथा अन्तराष्र्टि्रय बजारमा परिचि पर्यटन व्यवसायमा आबद्ध व्यवसायीहरुम माझ प्रचार प्रसार गरी बढी भन्दा बढी पर्यटक भित्र्याउने मख्य उदेश्येका साथ नेपाल पर्यटन बोर्डको प्रबद्र्धनात्मक सहयोग ,धनगढी उपमहानगरपालिका र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् सुदूरपश्चिम प्रदेश संघको आयोजनामा प्रथम पटक अन्तराष्ट्रिय स्तरको फारवेष्टन टाभल मार्ट–२०२२ आयोजना हुने पे्रस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिमका विविध पर्यटकीय गन्तव्यहरुको महत्व सहितको विस्तृत जनकारी आमन्त्रित अतिथि पर्यटन व्यवसायीहरु र पत्रकारहरु मार्फत सम्भावित बजारमा पुर्याई यस प्रदेशमा पर्यटकीय गतिबिधि लाई ब्यवसायीकरण गर्दै रोजगारी, आयआर्जनबाट मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउने मार्टको निर्दिष्ट तथा मुख्ये लक्ष्य रहेको उक्त पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.