कैलालीमा आयुर्वेद चिकित्सालयका कर्मचारी जाशीद्धारा अपाङ्ग बृद्ध सन्तलाई १०००० आर्थिक सहयोग
धनगढी ३० कार्तिक । कैलालीमा एक अपाङ्ग सन्यासी बृद्ध सन्तलाई प्रादेशिक आयुवेद चिकित्सालयका कर्मचारी ले आर्थिक सहयोग गरेका छन् । जिल्लाको गोदावरी आर्यघाटमा बस्दै आएका अपाङ्ग सन्यासी कमल नाथ सन्तलाई प्रादेशिक आयुवेद चिकित्सालयका कर्मचारी खगेन्द्र जोशीले नगद रु १०००० (दस हजार) आर्थिक सहयोग गरेका हुन् ।
वृद्ध सन्त बरिव तिन वर्ष देखी गोदावरी आर्यघाटमा बस्दै आएको पाईन्छ । वृद्ध सन्तका दुबै खुट्टा भाचिएका छन् । उनले दुई वर्ष अघि धारामा पानि भरी रहदा गोरुले मार्दा (आक्रमण) दुकै खुट्टा भाचिएको बताए । असक्त वृद्ध सन्तलाई हिडडुल गर्न समस्या भएकाले केहि लुगा कपडा र नगद रुपया सहयोग गरेको प्रादेशिक आयुवेद चिकित्सालयका कर्मचारी जोशीले बताए ।
उनले यस अघि पनि केहि अगाडी सन्तलाई सहयोग गरेको बताए । अछामको दर्नामा जन्मिएका वृद्ध सन्त अहिले कैलालीको आर्यघाटमा बस्दै आएका छन् ।