धनगढीको मेयरमा अघिल्लो निर्वाचनमा टिकट नपाएकी ‘काँग्रेस नेत्री’ बोगटीले गरिन उमेदवारि घोषणा

धनगढी २२ , सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयर पदमा काँग्रेस नेत्री जागृती बोगटीले उमेदवार बन्ने घोषणा गरेकी छिन्। नेपाल महिला संघकी नगर सभापतिसमेत रहेकी बोगटीले मेयर पदमा उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

‘मैले वडा कार्यसमितिको उमेदवारी छनोट तथा भेटघाट बैठकमा मेयर पदमा उमेदवारी दिने घोषणा गरेकी हुँ,’ बोगटीले भनिन्। बोगटी २०४६ सालको जनआन्दोलनदेखि राजनीतीमा सक्रिय छिन्।

२०६२ सालको दोसो जनआन्दोलनमा पनी सक्रिय रहेकी उनले नेपाली काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। अघिल्लो निर्वाचनमा उनले उपमेयरमा दाबी गरे पनि टिकट पाएकी थिइनन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.