डेक नेपाल र बास नेपालको आयोजित सम्बन्धि उम्मेदार र अपाङ्ग व्यक्ति बिच अन्तक्रिया कार्यक्रम

गोरख रावत,धनगढी २८ कार्तिक । बिपी काग्रेस कैलाली क्षेत्र नम्बर ५ (ख) का उम्मेदवार दिपक राज खरेलले आगामी मंसिर ४ गतेको निर्वाचनमा आफु विजय भएमा ५० प्रतिशत काम अपाङ्गता भएका व्याक्तिका लागी गर्ने बताका छन् । डेक नेपाल र बास नेपालको आयोजित एक कार्यक्रमका विच उनले एस्तो बताएका हुन् ।

उनले १५ बर्ष दिए नेपाललाई स्वीजरल्यान्ड बनाइदीने बताए । ,नयाँ व्यक्तिहरुलाई चयन गनुर्स युवाहरु लाई अगी बढाउनुस नत्र यो देशको बिकाश सम्भब छैन उनले भने, पार्टी को उम्मेदार भएकाले नयाँ पार्टी चयन गर्नुस नया उम्मेदार चयन गर्नुस अनि बिकाश सम्भब रहेको बताए ।

उनले बिपीको नामबाट खाने धेरै रहेका तर बिधी र नियम हरायो समेत बताए । उनले आसन्न ४ गतेको निवार्चनमा सवैले निर्वाचित गराएमा सधै अपाङ्गता भएका व्यतिहरुका माग,आवस्यकाता र शोषण पिडीत गरीब अपाङ्ग ब्यक्तिहरुको आवाज उठाइराख्ने बताए ।

त्यस्तै समग्रमा अपाङ्गता भएका व्यक्तीहरु दोस्रो दर्जा बाट हेरीनु भएन र अपाङ्गता भएका व्यक्तिहरु ले निःशुल्क शिक्षा स्वास्थय , रोजगार ,यातायातमा सरकारले गरेको ब्यस्था पुर्ण रुपमा कार्यान्वयन गर्नु पर्ने राष्ट्रीय अपाङ्ग महासँघ शुदुरपश्चिमका अध्यक्ष मान बहादुर साँउदले बताए ।

उनका अनुसार अगामि मँसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेस सभाको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुले स्वतन्त्र ढङगबाट मतदान गर्न पाउने माग रहेको छ । सो कार्यक्रममा कैलालीका प्रदेश सभा सदस्यका उम्मेदवारको एक जनामात्र उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अपाङ्गता भएका व्याक्तिहरुले राजनितीक पहुचमा कोटा हुनु पर्ने माग राखेका थिए ।

उतिबेला चुनाबको समयमा उम्मेदवारले आफ्नो गुनासो सुन्न नचाहेको रामचन्द्र जोशीलले गुनासो गरे । डेक नेपाल र बास नेपालको आयोजित कार्यक्रम सहि भएको तर अलि ढीला भएको उनले बताए । उम्मेदवारको उपस्थित नहुदा अपाङ्गता भएका ब्यक्तिहरुका माग को संग राख्ने भनेर उहाले दुख व्यक्त गर्नुभयो ।

डेक नेपाल र बास नेपाल को आयोजनामा सम्बन्धि उम्मेदार र अपाङ्ग व्यक्ति बिच अन्तक्रिया कार्यक्रममा मंसिर ४ गतेको निर्वाचनमा अपाङ्गता भएका व्याक्तिका लागी रखिएका चुनावि एजेण्डा रहने भन्ने सम्बन्धमा छलफल गरीएको हो । कैलालीबाट निर्बाचित भैसकेपछी अपाङ्गता भएका व्यक्तिहरुका लागी के कस्ता सेवा शुबिधा रहने, कार्य योजना का बारेमा सम्बन्धि उम्मेदार र अपाङ्गता भएका व्यक्ति बिच अन्तक्रिया गरीएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.