नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड

धनगढी २८ कार्तिक । नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय तोडफोड गरिएको छ । कैलालीको टिकापुरमा हिजो आइतबार राती पार्टी कार्यालयमा अज्ञात समूहले ढुंगामुढा प्रहार गरी तोडफोड गरिएको हो ।

राती साढे १२ देखि १ बजेको बिचमा अज्ञात समूहले ढुंगामुढा प्रहार गरी तोडफोड गरीएको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । उनका अनुसार‘मोटरसाइकलमा १५ देखि २० जनाको समुहमा आएकाले समुहले तोडफोड गरेका थिए ।

’ढुंगामुढा गर्ने समूहले गेट प्रवेश गरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका हुन् । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जीता चौधरी पनि पार्टी कार्यालयमै बसाई रहेको बताईएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.