नेपाली काग्रेसले देशमा भएका उद्योग बेचेर खायोः नेकपा एमाले अध्यक्ष ओली

धनगढी २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टि (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन सबै जनताले एमालेलाई सहयोग गर्नु पर्ने बताएका छन् । उनले सम्पुर्ण पार्टिका कार्यक्रतालाई देश बनाउन आफ्नो पार्टिमा आउन आग्रह गरे ।

नेकपा माओवादिका अध्यक्ष प्रचन्डले सत्र हजार जनता मारेको,देशमा भएका विकासको विनास गरेको तर जनताले भने जस्तो काम गर्न नसकेको बताए ।

उनले नेपाली काग्रेसले उद्योग बेचेर खाएको आरोप लगाए । नेकपा एमालेले अत्तरीयामा गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै उनले काग्रेसले लामो समय सम्म देशको नेतृत्व गरेको तर देखिने गरी कुनै काम गर्न नसकेको दावि गरे । नेकपा एमालेले जनताका समग्र काम गरेको बताए ।

माधव नेपालका धेरै कार्यक्रता एमालेमा आइसकेको,कोहि बाकी भए पार्टिमा आउन आग्रह गरे । उनले भने माधव नेपालको भाडो रित्तिसक्यो । अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन्।

उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने फेरि दाबी गरेका छन्। फुटेका हाडिका टुक्राहरु जोडेर बनाएको सरकारले केहि पनि काम गर्न नसक्ने बताउदै उनले देश भरि सगंठन भएको तथा देश विकासको लागि स्पष्ट योजना भएको नेकपा एमालले मात्रै भएको बताए ।

यस्तै ओलीले माओवादी केन्द्र पनि भविष्यमा समाप्त हुने बताए । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताए।

‘एमालेसँग तालमेल गर्दा ५४ सिट पाएको थियो, अहिले चोक्टा खान गएको झोलमा डुबेको जस्तो भएको छ, ४४ कि ४५ सिट पाएको छ,आधा पनि जित्दैन’ओलीले भने ।

देशलाई बर्बाद पार्ने विदेसीका दलालहरु लागि परेकोले देश बचाउन सबैको भूमिका हुनु पर्नेमा उनले विषेस जोड दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.