बुधबार गएको भुकम्पका कारण सुदूरपश्चिमकमा सयौं घर भत्किए, पूर्ण विवरण अझै आएन

धनगढी २६ कार्तिक । डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर भुकम्पले गैरागाउँमा २८ घर भत्किएका छन् । प्रहरीका अनुसार बुधबार गएको भुकम्पले जिल्लाको सायलमा १३ वटा घर पुर्ण रुपमा भत्किएका छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बेलुकी ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प र मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भुकम्पका कारण डोटीको गैरागाँउमा ६ जनाको व्यान गएको छ भने ८ जना घाईते भएका छन् ।

सायलका स्थानीयले १ सय घरमा क्षति पुगेको बताएको डोटीकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । सो भुकम्पले जिल्लाको ‘गैरागाउँ, सायल, आदर्श र पूर्वीचौकीमा सबैभन्दा बढि क्षति भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार धेरै स्थानमा क्षति भएकाले पूर्ण विवरण अझै आएको छैन् ।’

मंगलबार राति नै गएको भूकम्पका कारण बझाङमा पनि दुई दर्जनभन्दा बढी घर भत्किएका छन् । बझाङमा मानवीय क्षति नभए पनि दर्जनौं घर र सार्वजनिक भवनहरुमा क्षति पुगेको छ । भूकम्पको धक्काले खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिकामा, केदारस्यूँ गाउँपालिका, छविस पाथीभेरा गाउँपालिका र मष्टा गाउँपालिकामा गरी दुई दर्जन बढि घर भत्किएको बताइएको छ ।

भूकम्पका कारण सदरमुकाम चैनपुर नजिकै भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पसका केही भवनहरू चर्किएका छन् । भूकम्पबाट खानी, सिरेटा र राउलीमा ७० बढी घर बस्न नमिल्ने गरी चर्किएको छ । जिल्लाका अन्य पालिकामा पनि क्षति भएको र विस्थापितहरूको व्यवस्थापनका लागि समन्वय भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।’

भूकम्पका कारण डोटीसहित बझाङ, बाजुरा, अछाम र बैतडीमा समेत क्षति भएको पाइएको छ । भूकम्पका कारण बाजुराको विभीन्न क्षेत्रमा भएको पाईएको छ । क्षतिको पूर्ण विवरण नआएको र जिल्लाका धेरै स्थानमा घरहरुको चर्केको तथा भत्किएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.