वडा देखी पालिका अध्यक्ष सम्म गठबन्धन हुन्छ : माओवादी प्रदेश अध्यक्ष चौधरी (कुराकानी सहित)
धनगढी, २० चैत/नेपाका माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले स्थानिय तहको निर्वाचनमा वडा देखी पालिका अध्यक्ष सम्म गठबन्धनमा निर्वाचनाम जाने बताएका छन् ।
आईतबार रेडियो एक्टिभ ९७.२ मेगाहर्जको दैनिक अन्तरवार्ता कार्यक्रम ‘एक्टिभ डिबेड’मा बेल्दै चौधरीले गठबन्धनमै निर्वाचनमा जाने बताए । ‘हामी गठबन्धनमा ऐजेन्डामा एक छौ’ प्रदेश अध्यक्ष चौधरीले भने–‘पार्टी केन्द्र तहबाटै निर्देशन आईएको छ ।’
पाँच दलिय गठबन्धका नेताहरु संग प्रारम्भीक चरणमा छलफल भएको बताउदै केही दिन भित्रै कति सिट कुन दलले पाउने भन्ने बिषयमा निश्कर्षमा जाने बताए ।
‘गठबन्धनको निर्वाचनमा एक ईन्च पनि फरक पर्दैन’ चौधरीले भने–‘सबै पार्टी आफ्नो पार्टी नेता कार्यकर्ता बिच छलफल चलाएका छन् ।’ सुदूरपश्चिमा ८८ वटा तहाका सबै वडा देखी पालिका सम्म आफ्नो पार्टीमा छलफल चलाई रहेको उनले बताए । अब चाडै उम्मेदबार टुङ्गो लगाउने बताए ।
कुराकानी सुन्न यहाँ Click गर्नुहोस्
https://www.facebook.com/watch/live/?ref=watch_permalink&v=662804891668854