गणेश जि को ल्याकत जनताले थाहा पाईसके : मन्त्री बडू
धनगढी २४ कार्तिक । लगातार १० वर्ष दार्चुलाबाट संसद बनेका एमालेका गणेश सिंह ठगुन्नाको केन्द्रमा कुनै हैसियत नभएको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एंव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन् ।
लोकतान्त्रिक बामगठबन्धनद्वारा गोकुलेश्वरमा आयोजित बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै उहाले जिल्लाको विकासका लागि केन्द्रमा पहुँच चाहिने बताए । उनले भने संसद र मन्त्रीहरुले आ–आफ्नो जिल्लाको विकासका लागि केन्द्रमा सबै संग समन्वय गर्नु पर्छ ।
आफ्नो स्वार्थका लागि दुई दुई पटक संविधान च्यात्ने पार्टीका मुख्य नायक केपि ओली संग लागेर जिल्ला विकासमा कुनै ध्यान नदिएको आरोप लगाए।
गाउँ–गाउँमा एमालेका ती गणेश सिंह ठगुन्ना जादा जनताले स्पष्टरुपमा १० वर्ष सम्म जिल्लामा के विकास गर्यौ भनेर प्रश्न गर्नुपर्ने उनले बताए । ठगुन्ना प्रति मतदाता निराश र आक्रोसित छन्, मन्त्री बडूले भने ।यसपटक जनताले बामगठबन्धनका साझा उम्मेदवारलाई जिताउनेमा आफू ढुक्क रहेको बताए । कार्यक्रममा उहाले एमाले अध्यक्ष ओलीले सरकारमा हुँदा संसद् विघटन बाहेक अरु कुनै काम गर्न नसकेको आरोप पनि लगाए ।
साथै उम्मेदवार बडूले अहिलेको गठबन्धन चुनावी गठबन्धन मात्रै नभई शान्ति विकास र स्थायित्वका लागि भएकाले गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी गराउन मतदातामा आग्रह गरे । गठबन्धनले जिते मात्रै देश र जिल्लाको विकास सम्भव भएको भन्दै उहाले गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे । एमालेले जितेर १० वर्ष सम्म कुनै पनि विकास निर्माणका कामहरु गर्न नसकेको भन्दै उनले अब गठबन्धनलाई जिताउन आवश्यक रहेको उम्मेदवार बडूले बतए ।