पुटिनका कारण विश्वभर मूल्यवृद्धि भएको बाइडेनको आरोप

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभर मूल्य वृद्धि भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । युक्रेनमाथि रुसी हमलापछि ग्यासको मूल्य बढेका र यसकारण सबै वस्तुको भाउ अकासिएको उनको भनाइ छ ।

उर्जाको बढ्दो मूल्य व्यवस्थापन गर्नका लागि अमेरिकी रणनीतिक भण्डारबाट दैनिक दश लाख ब्यारेल तेल निकाल्न निर्देशन दिएसँगै बाइडेनको यस्तो भनाइ आएको हो ।

‘अमेरिकीहरूले पुटिनको ग्यासको मूल्यवृद्धिको असर पम्पहरूमा भोगिरहेका छन् ।’ बाइडेनले भने ।

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई थाहा छ ग्यासको भाउ एकदमै पीडादायी छ । मेरो योजनाले अहिलेको पीडा कम गराई भोलि यसबाट जोगाउँछ । मसँग भएका सबै उपकरणको प्रयोग गरी पुटिनको मूल्यवृद्धिबाट तपाईँहरूलाई बचाउनेछु । र दलीय मतभेदलाई पन्छाउन म कांग्रेससमक्ष आह्वान गर्छु । यो समय सँगै भेटौँ ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.