सुदूरपश्चिम प्रदेशमा अफ्रिकन स्वाईन फिभर रोग देखा

गोरख रावत,धनगढी २१ कर्तिक । सुदूरपश्चिम प्रदेशमा अफ्रिकन स्वाईन फिभर रोग देखा परेको छ । घरपालुवा सुगुंर, बङगुर तथा जगंली प्रजातिमा विषाणुको कारणले लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएको अति खतरनाक माहामारिजन्य सरुवा रोग हो ।

विगतमा यो रोग अप्रिकी मुलुकमा सीमीत रहेको थियो । सन् २०१८ मा चीन र त्यसपछि हाम्रा छिमेकी राष्ट्र चिन ,भारत र भुटानमा समेत देखा परी हाल गत बर्ष चैत्र महिनामा नेपालमा पनि पहिलो पटक देखा परेको हो ।

त्यस्तै १४ कार्तिक २०७९ मा कैलाली को भजनी नगरपालीका को प्रयोगशालामा मरेको बङगुरको शव परिक्षण र रेपिड टेस्ट किट बाट परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पोजेटिभ भएको थियो । त्यस्तै थप कन्फर्मेसनका लागी नमुनाहरु संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाण्डौ पठाइएको थियो ।

२०७९कार्तिक १५ गते मलिकुलर विधिबाट परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर रोग पुष्टी भएको जनाइएको छ । यो रोग लागेका पशुको बाच्ने सम्भावना नरहेकोले किसानले निकै क्षती ब्यहोर्नु पर्ने भएकाले किसानहरुले सजक रहनुपर्ने र कुनैपनि अपरिचित व्यक्ति लाइ फर्म भित्र छिर्न नदिन, फर्म वरिपरी औषधी छर्न पशू सेवा विज्ञ केन्द्र धनगढीका सूचना अधिकारी लाल बहादुर बोहराले आग्रह गरे ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा विशेष गरी थारु लगायतका समुदायले बङ्गुर पालन गरीरहेको र पछील्लो समयमा यूवाहरु माझ यो ब्यवसाय लोकप्रिय हुदै गएको छ । बङ्गुर पालन ब्यवसायले खाद्य सुरक्षा, जिविकोपार्जन गरीबी निवारण एवम रोजगारी सृजना लगायतमा महत्वपुर्ण योगदान गरेको छ ।
यो रोग सक्रमण भएमा सुंगुर प्रजातीमा १०४ देखी १०७ डीग्री फरेनहाईट सम्म उच्च ज्वरो आउने,कान,पुच्छर,पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखीने,एकै ठाउमा थुप्रिएर बस्ने खाना नखाने वान्ता गर्ने छट्पटाउने जस्ता लक्षण देखीने गर्दछन । त्यस्तै शक्रमित बंगुर सुंगुर र बदेल बिच प्रत्यक्ष सम्पर्कबाट,रोग सर्ने रगत मलमुत्र बाट सर्ने र मासु ओसार पोसार को कारण ले यो रोग सर्ने र कैलाली का किसानहरुले यो रोग सम्बन्धि निकै सजगता अपनाउनु पर्ने बोहराले बताए ।

हरेक बर्ष बिभिन्न रोग आउने हुदा किसानहरुले ध्यान दिन जरुरी छ । बगुंर मा क्लासीक स्वयम फिभर अहिले अफ्रिकन स्वयम फिभर आएको यसको सघं सरकाले नया रणनिती बनाउनु पर्ने रहेको तथा बाख्रा मा पी.पी आर रोग रहेकोले कैलालीका ९५ हजार बाख्रा मा भ्याक्सिन लाउन सुरु भैरहेको,गाईमा खोरेत रोग रहेकोले यो रोगका लागी २ लाख २० हजार भ्याक्सिन लगाउने,भ्यागूते रानिखेत जस्ता रोगहरुको भ्याक्सिन लगाउन सुरु भएको उनले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.