कैलालीमा पछिल्लो चार महिनामा सवारी दुर्घटना बाट १६ जनाको ज्यान गयो
धनगढी १९ कात्तिक । कैलालीमा पछील्लो चार महिनामा सवारी दुर्घटना बाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेको संख्या श्रवण मा ७ पुरुष भाद्रमा १ पुरुष अशोजमा ४ पुरुष र कार्तिकमा ४ पुरुष गरी जम्मा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । जसमध्ये गम्भिर घाईते हुनेमा श्रावणमा पुरुष ५ महिला १ र बालक १ रहेका छन् ।
त्यस्तै भाद्रमा गम्भिर घाईते हुनेमा पुरुष ५ महिला १ बालिका १ गरी जम्मा गम्भिर घाईते हुनेको संख्या ७ रहेको छ । त्यस्तै असोजमा गम्भिर घाईते हुनेमा पुरुष ६ महिला २ गरी जम्मा गम्भिर घाईते हुनेको संख्या ८ रहेको छ । त्यस्तै कार्तिकमा गम्भिर घाईते हुनेको संख्या पुरुष १२ बालक १ गरी जम्मा गम्भिर घाइते हुनेको संख्या १३ रहेको छ । त्यस्तै पछिल्लो चार महिनामा गम्भिर घाइते हुनेको सख्या ३५ पुगेको छ ।
यस्तै साधारण घाईते हुनेमा पूरुष १५ महिला २ गरी साधारण घाईते हुनेको संख्या १७ रहेको छ । यस्तै चौपायबाट मृत्यू हुनेको संख्या ९ र घाइते हुनेको संख्या ५ रहेको छ । र सवारी दुर्घटनामा संलग्न साधनहरुको संख्या सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरशाइकल ३७, बस ६, जिप ३, शानोे सवारी ५,ट्रक १ ट्रयाक्टर १ गरी जम्मा सवारी दुर्घटना हुनेको ं सख्ंया ५३ रहेको छ ।
यस्तै मानबिय त्रुटि अन्तर्गत मापसे गरेर चलाउने चालक ले लापरर्बाही गरेर चलाउन,े तिब्र गति चलाउने,थकान,ेनिन्द्रा नपुगेर चलाउनाले दूर्घटना हुने र यस्तै यान्त्रिक कारण ले गर्दा लामो समय सम्म सर्भिसङ नगर्ने थोत्रा गाडी चलाउने र त्यसैगरी वातावरणिय कारण, जाडो याममा हुस्सु लाग्ने सडक खाल्डो खुल्डि हुने कारणले दुर्घटना हुने तथा छाडा चौपायले,पैदल यात्रीले जथाभाबी बाटो काट्नाले दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालायका प्रमूख वकिल शिंहले बताए ।