“मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२” चैत्र २६ गते हुने

प्रशान्त ऐर धनगढी १८, धनगढी जेसीजले प्रतेक वर्ष आयोजना गर्दै आयको नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा आयोजना हुने “अब धनगढी दौडिन्छ” भन्ने मुल नाराका साथ “मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२” को आठौं संस्करण यही चैत्र २६ गते हुने भएको छ ।

धनगढी रंगसालामा हुने उक्त संस्करण आज धनगढी “जेसीज”ले धनगढीको एक होटलमा पत्रकार सम्मेलनको कार्यक्रमको आयोजना गर्दै संस्करण संचालन हुने जनाएको हो । कार्यक्रममा बोल्दै “मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२” का मुल संयोजक समेत रहेका जेसी महेश्वर ओझाले उक्त म्याराथनको पुरस्कार सम्बन्धी,उदे्श्य सम्बन्धी जानकारी दिएका छन् ।

म्याराथनमा सहभागिता खुल्ला तर्फ,कर्पोरेट र संचार,महिला,विद्यार्थी र ट्राई साकल रेस को सहभागीता हुने छ । म्याराथनको दुरी खुल्ला तर्फ २१.१ किलो मिटर, कर्पोरेट र संचार ५किलो मिटर, महिला ५किलो मिटर, विद्यार्थी ५किलो मिटर र ट्राई साकल रेसमा सहभागिता जनाउनेलाई सम्मान सहित पुरस्कार दिईने जनाईएको छ ।खुल्ला तर्फ प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ,दितिय हुनेलाई ३३ हजार ३ सय ३३ रुपैयाँ,तेस्रो हुनेलाई २२ हजार २ सय २ रुपैया,कर्पोरेट र संञ्चार तर्फ प्रथम हुनेलाइ ५ हजार ५ सय ५५ रुपैयाँ दितिय हुनेलाई ३ हजार ३ सय ३३ रुपैयाँ तेस्रो हुनेलाई २ हजार २ सय २२ रुपैयाँ,महिला तर्फ प्रथम हुनेलाइ ५ हजार ५ सय ५५ रुपैयाँ दितिय हुनेलाई ३ हजार ३ सय ३३ रुपैयाँ तेस्रो हुनेलाई २ हजार २ सय २२ रुपैयाँ,विद्यार्थी प्रथम हुनेलाइ ५ हजार ५ सय ५५ रुपैयाँ दितिय हुनेलाई ३ हजार ३ सय ३३ रुपैयाँ तेस्रो हुनेलाई २ हजार २ सय २२ रुपैयाँ, पुरस्कार दिईने छ ।

खेल सँगै सरिरलाई स्वस्थ राख्न, आम नागरिकको मनोबल उच्च बनाउन लगाएतका कुराहरु उक्त कार्यक्रमको उदे्श्य रहेको संयोजक जेसी ओझाले बताएका छन् ।

सहभागी हुन रजिस्ट्रेसन शुल्क तिन सय टिसर्ट सहित र विद्यार्थीहरुको लागी दुई सय शुल्क टिसर्ट सहित धनगढीका पुस्तक पसल,यातायात या अन्ने पसलहरुमा फर्म उप्लब्द हुने जनाएको छ । उक्त “मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२” को आठौं संस्करणको प्रायोजक पञ्चकन्या गुरुप,प्रवद्र्धक धनगढी उपमहानगरपालिका र जेसिज एभरेस्ट सेकेन्डरी स्कुल धनगढी तथा मुख्य प्रवद्धक सुदुरपश्चिम प्रदेश खेलकुद परिसद रहेको छ ।

संस्करण यही चैत्र २६ गते विहान ६ बजे धनगढी रंगसालामा हुने भएको हो ।

 

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.