आफुमाथि आरोप लगाउने किशोरीकै आग्रहमा नगरकोट गएको हु:लामिछाने

काठमाडौं, १४ कात्तिक । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले आफुमाथि आरोप लगाउने किशोरीकै आग्रहमा नगरकोट गएको बताएका छन् ।सन्दीपले सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उनले यस्तो बताएका हुन् ।

उनले पीडितले नै कर गरेकोले आफुले भेटेको बताएका छन् ।उनले भनेका छन्, “भोलि म केन्या जानुपर्ने छ र त्यसका लागि तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होइन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भए पनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गर्यै गरे पछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं । नगरकोट जाने पूर्वतयारीको बारेमा मलाई केही जानकारी थिएन । त्यही पनि मैले निजको चित्त नदुखोस् भनी गएको थिएँ ।”

सम्बन्धित
Leave A Reply

Your email address will not be published.