निर्वाचन जितेपछि जनताको सेवक बनेर काम गर्छुःकांग्रेस केन्द्रिय सदस्य साउँद
धनगढी, १२ कात्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी साउँदले निर्वाचन जितेपछि जनताको सेवक बनेर काम गर्ने बताएका छन् । रेडियो एक्टिभको नियमित कार्यक्रम निर्वाचन बहसमा बोल्दै उनले निर्वाचन जितेर काठमाडौं बसिरहने,जनताको काम नगर्ने प्रवृतिका बिरुद्ध आफु सधै कंचनपुर २ का जनताको सेवक बनेर काम गर्ने बताएका छन् ।
कञ्चनपुरको विकासमा आफु सधै क्रियासिल रहने बताउँदै कंन्चनपुर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका साउँदले सडक,आवास र प्रयटकीय सडक, नदीकटान नियन्त्रण लागायतका योजना प्राथमिकतामा राख्ने बताए ।
उनले अहिलेको गठबन्धन ओलीको सविंधान विपरित प्रवृतीको कारणले भएको बताए । उनले बाम लोकतान्त्रिक गठबन्धन चुनावको लागि मात्रै नभएको बताउदै सरकार पनि गठबन्धनकै बन्ने बताए ।
यस्तै सोही कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य साउँदले निर्वाचन आयोगले कर्मचारीले चुनावको प्रचार प्रसार गर्न नपाईने भनेर निर्वाचन आचारसहिंता लगाउनु ठिकै भए पनि स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिले पनि दलको चुनावी प्रचारमा जान रोक लगाउनु ठिक नभएको बताए ।
पार्टि बाट बागी तथा स्वतन्त्र भएर चुनावमा होमिएका काग्रेंसका नेताहरुले पार्टिको अनुशासन उलघंन गरेको बताउदै त्यसो गर्न नहसने तर स्वतन्त्र भएर निर्वाचन लड्नेको लागि सविधांनमै लड्न पाउँने अधिकार भएकोले आफूले केही भन्न नसक्ने बताए ।