लागुऔषध ओसारपसारमा सघाएको आरोपमा प्रहरी सहयाक हवल्दार पक्राउ
धनगढी,११ कात्तिक । कैलाली जिल्ला कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपमा प्रहरी सहयाक हवल्दार पक्राउ परेका छन् । असोज ३१ गते धनगढी उपमहानगरपालिका ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित पक्राउ परेका कैलारी गाउँपालिका ६ बस्ने ३३ वर्षीय यादव कुमार चौधरीको बयानका आधारमा भाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० वेदप्रकाश जोशीले निजलाई चौधरीको बयानपछि प्रहरी सहायक हवलदार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।
कारागारमा आश्रीत कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जोशीले बताए ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान व्युरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरी समक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए ।
सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकिदार वसन्त बुढा र सन्तोश शाही हुँदै डगौरासम्म पुगाउने गरेको बयान दिएपछि उनीहरु अनुसन्धानमा तानिएका हुन् । बुढा र शाहीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।