डडेल्धुराको अजयमेरु गाउँपालिका द्वारा सँचालन गरिएको आखा शल्यक्रिया शिबिरमा सेवाग्राही १२३ जना
धनगढी १३ चैत,डडेल्धुराको अमजयमेरु गाउँपालिकामा द्वारा सम्पन्न दुई दिने आँखा शल्यक्रिया शिवीरमा १ सय २३ सेवाग्राहीले सेवा लिएका छन् ।
चैत्र १२ र १३ गते भद्रपुरमा सञ्चालीत शिवीरमा मोतिबिन्दुको शल्यक्रिया ८९ जना र मासु पलाएको शल्यक्रिया गरिएका ५ जना गरि जम्मा ९४ जनाले शल्यक्रिया सेवा पाएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
गाउँपालिकाले निःशुल्क आँखाको शल्यक्रिया शिविरको आयोजना गरेको हो। गाउँपालिका वडा नम्बर ३ भद्रपुर स्वास्थ्य चौकिमा शिविरको आयोजना गरेको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरिक्षक नन्दलाल चुनाराले बताए । शिविरमा आँखा जाचँ गरि निःशुल्क शल्यक्रिया गरिरहेको थियो ।
निःशुल्क आँखाको शल्यक्रिया शिविरमा डाक्टर बिद्याप्रसाद पन्तको टिमले सेवा दिएका थियो ।