राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाण्डौ नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ यी बिहान शीतल निवास पुग्नु भएको थियो । उहाँहरुबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले आजै दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ ।

विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको विस्तृत सम्भाव्यता अध्ययन, कोभिड(१९ विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ । तीन दिने नेपाल भ्रमणका लागि शुक्रवार आएका वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.