औद्योगिकरण गरेरे युवाहरुलाई रोजगारीको सिजर्ना गर्छु :एमाले सचिव लेख राज भट्ट
धनगढी, ५ कार्तिक । नेकपा एमाले सचिव तथा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्धार लेख राज भट्टले औद्योगिकरण गरेरे युवाहरुलाई रोजगारीको सिजर्ना गर्ने बताएका छन् ।रेडियो एक्टिभको नियमित कार्यक्रम निर्वाचन बहसमा आफ्ना धारणा राख्दै भट्टले सो कुरा बताएका हुन् ।
आफु मन्त्री हुँदा सुदूरपश्चिमा उद्योग क्षेत्रको बिकासमा महत्वपुर्ण काम गरेको बताउदै भट्टले फेरी पनि उद्योग क्षेत्रको विकासलाई नै प्राथमिकता दिने बताए । कार्यक्रम मार्फत आफ्ना बिचार राख्दै भट्टले धनगढी अत्तरीया अैद्योगिक करीडोरको विकास गर्ने,सुक्खा बन्दरगाहको कार्यलाई अगाडी बढाउने बताए ।
औद्योगिक करण गर्न नसक्दा आर्थिक क्षेत्रको विकास गर्न नसकिने भएकोले आफुले औद्योगीकरणलाई मुख्य एजेन्डा बनाएको उनको भनाई छ ।जनताको जीवन स्थरमाथि उठाउन औद्योगिकरणको बिकास आबश्यक रहेको उनले बताए । नेकपा एमालेका सचिव समेत रहेका भट्टले नेता भिम रावलले कुनै असन्तुष्टी भए पार्टीको आन्तरिक छलफलमा कुरा राख्नु पर्ने बताए ।
पार्टीले गरेको निर्णय रावलले स्वीकार गरेर निर्वाचनको प्रचारमा सक्रिय रहनुको विकल्प नभएको पनि भट्टको भनाई छ । कार्यक्रममा बोल्दै भट्टले आफुले जनताको बिश्वास गुम्न नदिएको बताउदै फेरी पनि जनताको बिश्वास कायम नै राख्ने बताए ।