धनगढीको एल.एल. चोकमा ट्राफिक जामले सडक अस्तबेस्त(फोटो फिचर)

लक्ष्मी नेपाली,धनगढी, ५ कार्तिक । धनगढीको मुख्य केन्द्र एलएन चोकमा ट्राफिक जाम भएको छ । धनगढीको मुख्य सडकमा परेका खाल्टा खुल्टी पुर्ने कार्य सुरु गर्दा ट्राफिक जाम भएको हो ।


दिउसो सडक पुनर निर्माणले ट्राफिक व्यवस्थांपनमा कठिनाई भएको हो । ट्राफिक जाम हुदा यात्रुलाई आवतजावतमा समस्या हुनुका साथै भिडभाडले दुर्घटनाको जोखिम समेत बढ्ने देखिन्छ ।


आज शनिबार बिहान ११ बजे एलएन चोकमा करीब डेढ घण्टा ट्राफिक जामले सडक अस्तबेस्त भएको थियो । सडक मर्मत कार्य दिउँसोको समयमा सञ्चालन गर्दा सडक जामका कारण सवारी सञ्चालनमा समस्या भएको अटो चालक राम विन चौधरीले बताए ।

उनल भने,यस्ता मुख्य सडक दिनमा होईन गर्ने, रातीको समयमा हो गर्ने, निर्माणको कार्यले सवारी दुर्घटनाको जोखीम बढेको छ ।,


ट्राफिक नियन्त्रण गर्नमा धेरैै समस्या भएको र सवारी दुर्घटना जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार हेम राज जोशीले बताए । ट्राफिकजामले सडक अस्तबेस्त भएको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.