सुदूरपश्चिमका नाका ७२ घण्टा सिल हुने
धनगढी,४ कार्तिक ।सुदूरपश्चिमका नाकाहरु ७२ घण्टा सिल हुने भएका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र संघको निर्वाचनका लागी सुदूरपश्चिमका नाकाहरु ७२ घण्टा बन्द गर्ने जनाईएको छ ।
भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिहंनगर जिल्लाको रद्रपुरमा बिहिबार बसेको नेपाल भारत संयुक्त बैठकले सो सहमती गरेको हो ।बैठकले मतदान हुनुभन्दा ७२ घण्टाअघी सिमा नाका सिल गर्ने सहमती गरेको हो ।
संयुक्त बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कैलाली कञ्चनपुरका प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु, राष्ट्रिय अनुसन्धानका अधिकारीहरू, कञ्चनपुर भन्सार कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख, महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक, नापी तथा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लगायतको सहभागिता थियो।