प्रतिनिधि र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कञ्चनपुरका २ जनाविरुद्द भ्रष्टाचार मुद्दा दर्ता
धनगढी, ३ कार्तिक । आगामी मंसिर ४ गते हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशसभा सदस्यका उम्मेदवार पल्टु राना र प्रतिनिधिसभा सदस्यका उम्मेदवार मदन दमाईविरुद्ध मुद्दा दर्ता गरेको हो ।
आयोगले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्कालिन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पल्टु राना कञ्चनपुर क्षेत्र नम्बर १ (१) मा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्यका उम्मेदवार छन्, यस्तै मदन दमाईले स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका छन् ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २४ बमोजिम बिगोसहित थप कैद सजायको मागदावी गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ ।