धनगढीमा शिक्षा कोभिड प्रतिकार्य परीयोजना तलिम बुधवार देखि सुरु

गोरख रावत,धनगढी, २ कार्तिक । कैलाली जिल्लाको धनगढीमा शिक्षा कोभिड प्रतिकार्य परीयोजना तलिम बुधवार देखि सुरु भएको छ । स्थानीय तह शिक्षा प्रतिकार्य योजना एबम् बिद्यार्थी सिकाई निरन्तरता तयारी सम्बन्धि तिन दिने तालिम सुरु भएको हो । बुधवारबाट सुरु भएको तालिम शूक्रवारसम्म जारी रहने छ ।

निड्स नेपाल द्धारा सञ्चालित यूनीसेफ नेपालको सहकार्यमा र यूएस आइडी को आर्थीक सहयोगमा तालिम सञ्चांलन गरीएको हो । निड्स नेपाल २०५५ सालमा स्थापना भई काम गर्दै आएको छ । सुदूूरपश्चिममा अहिले प्रत्यक्ष रुपमा छ ओटा जिल्लामा काम गर्दै आएको छ । अप्रत्यक्ष रुपमा सुदूरपश्चिम का नौ ओटै जिल्लामा काम गर्दै आएको छ ।

कोभिडको समयमा जोखिम भएका विद्यालय अछाम को रामारोशन बैतडी को डिलाशैनी कैलाली का छ ओटा गाउँपालीका र कञ्चंनपुरका दूई ओटा गाउँपालीकामा काम गर्दै आएको छ । त्यस्तै कोभिडको समयमा स्थानिय कञ्चनपुरका सबै पालिकामा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको त्यसैगरी दूइओटा सिमा नाका गड्डाचौकी र डोकेबजारमा आश्रय स्थल निर्माण गरेको निड्स नेपालका संस्थापक भबराज रेग्मीले बताए ।

यो संस्थाले शिक्षा,स्वास्थ्य,कृषी,सरसफाई,वातावरण,खानेपानी र महिला हिसां मानव बेचबिखन विपद सम्बन्धी काम गर्दै आएको छ । वर्षेनी विपदका घटनाहरु क्रमीक रुपमा बढीरहेको परिस्थितीमा विपद व्यवस्थापनका लागी प्रबिधिको उच्चतम प्रयोग गर्न सकेमा विपद सम्बन्धी पुर्ब सर्तकता,तयारी र आवश्यक ब्यवस्थापन गर्न सहज हुने निड्स नेपालकी अध्यक्ष दूर्गा खरेलले बताइन् ।

उनले भनिन् स्थानीय तह लगायत सरोकारवाला सघं सस्थांलाई प्रबिधिको एकदमै आवश्यकता रहेको छ । त्यसैगरी उनले कोभिडका कारण विद्यार्थीमा पर्न गएको असरले गर्दा विद्यालय बन्द भएको बताउदै सस्ंथाले टोल शिक्षा कार्यक्रम गरेको तथा शिक्षकलाइ नै परीचालन गरेको दावि गरिन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.