कैलालीमा लागु औषधसहित ३२ वर्षिय युवती पक्राउ
धनगढी, २९ असोज । कैलालीमा लागु औषधसहित एक युवती पक्राउ परेकी छिन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ बस्ने ३२ वर्षिय उषा कुँवर पक्राउ रहेकी हुन् ।
उनलाई हिजो (शुक्रवार) लागु औषध ब्युरो र प्र.चौ त्रिनगरले चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले उनलाई भारत बाट नेपाल तर्फ आउने क्रममा धनगढी उप–महानगरपालिका २ स्थित त्रिनगर व्यारेल स्थीत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइ आवस्यक अनुसन्धान भइरहेको जनाएको छ ।