निर्वाचन आयोगले ग¥यो उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, २७ असोज । निर्वाचन आयोगले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आमनिर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन । उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला रहेको आयोगले जनाएको छ । यसैगरी प्रदेशसभातर्फ ३,२२४ जना, र अन्यमा १ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा २,९४३ जना पुरुष, २८० जना महिला र अन्यमा १ जना रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधी सभा मा ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् भने प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन् । बुधबार नै उम्मेदवारहरुले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु नभएसम्म उनीहरुले विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.